नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा पर्वत कुमार कार्की नियुक्त
काठमाडौं : सरकारले नागरिक लगानी कोषको कार्यकारी निर्देशक पदमा पर्वत कुमार कार्कीलाई नियुक्त गरेको छ।
मन्त्रिपरिषद्को भदौ ३ गतेको बैठकले नागरिक लगानी कोष ऐन, २०४७ को दफा ४२ (१) बमोजिम कार्कीलाई कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो।
उदयपुरका स्थायी बासिन्दा कार्की यसअघि २०८० माघमा खुला प्रतिस्पर्धाबाट छनोट भई कोषको कार्यकारी निर्देशक रहेको थियो।
उहाँ नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक हुनुका साथै नेपाल ग्रामीण विकास बैंक र किसान लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीईओ) का रूपमा समेत काम गरिसकेका अनुभवी व्यक्ति हुन्।
कार्कीले अस्ट्रेलियाको ग्रिफिथ विश्वविद्यालयबाट बैंकिङ एन्ड फाइनान्समा र त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापनमा तकोत्तर गरेका छन्।
भदौ ५, २०८३ शुक्रबार १२:३०:०८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।