नाडा अटो शोमा सार्वजनिक हुँदै 'सिएरा ईभी'

नाडा अटो शोमा सार्वजनिक हुँदै 'सिएरा ईभी'

काठमाडौं : भारतीय अटोमोबाइल बजारमा सफल मानिएको विद्युतीय सवारी साधन 'सिएरा ईभी' नेपालीमा भित्रिएको छ।

भदौ १० देखि १५ गतेसम्म काठमाडौंमा आयोजना हुने 'नाडा अटो शो २०२६'मा यो गाडी सार्वजनिक गर्ने तयारी छ।

भारतीयमा राम्रो प्रतिक्रिया पाएको यस गाडिले नेपालको सडक बनावट र आधुनिक चालकहरूको आवश्यकतालाई दृष्टिगत गरी भित्र्याइएको जनाइएको छ। गाडीमा अत्याधुनिक प्रविधि, प्रिमियम फिचर्स र विशिष्ट डिजाइनको संगम रहेको दाबी गरिएको छ।

यस ईभी मोडलमा उत्कृष्ट ब्याट्री रेन्ज, मजबुत निर्माण शैली र प्रिमियम राइडिङ तथा ड्राइभिङ डाइनामिक्स जस्ता विशेषताहरू रहेका छन्।

भदौ ४, २०८३ बिहीबार १९:५४:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।