मुक्तिनाथले ल्यायो कृषि तथा एसएमई कर्जामा विशेष योजना

मुक्तिनाथले ल्यायो कृषि तथा एसएमई कर्जामा विशेष योजना

काठमाडौं : मुक्तिनाथ विकास बैंकले कृषि तथा एसएमई (साना तथा मझौला उद्यम) क्षेत्रका लागि विशेष कर्जा योजना सार्वजनिक गरेको छ। 

बैंकले आगामी तीज, दशैं, तिहार र छठलगायतका चाडपर्वको अवसरमा आर्थिक गतिविधि र व्यवसाय विस्तारलाई प्रोत्साहन गर्ने उद्देश्यले कर्जा योजना ल्याएको हो।

आधार दरमा न्यूनतम ०.५० प्रतिशत मात्र प्रिमियम थप गरी कृषि तथा एसएमई कर्जा प्राप्त गर्न सकिने बैंकले जनाएको छ। साथै कर्जा प्रवाह गर्दा लाग्ने प्रशासनिक शुल्कमा बैंकले २५ प्रतिशत छुट दिने छ।

कर्जा कृषि तथा एसएमई व्यवसाय विस्तार, उद्यम सञ्चालन, कार्यशील पूँजी तथा सम्बन्धित प्रयोजनका लागि उपलब्ध गराइने बैंकले जनाएको छ। अन्य बैंक तथा वित्तीय संस्थाबाट कर्जा स्वाप गर्न चाहनेले समेत यस योजनाबाट लाभ लिन सक्नेछन्।

बैंकका प्रमुख सूचना अधिकारी तिल बहादुर गुरुङका अनुसार यो योजना सीमित अवधिका लागि मात्र लागू हुने छ। देशभर रहेका बैंकका १७६ वटै शाखाहरूबाट यो सुविधा लिन सकिने बैंकले जनाएको छ।  

भदौ ४, २०८३ बिहीबार १९:४६:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।