गभर्नरको कार्यकाल तीन वर्षमा झारिँदै
काठमाडौं : नेपाल राष्ट्र बैंकका गभर्नर र सञ्चालक समितिका सदस्यको कार्यकाल तीन वर्षमा सीमित गरिने भएको छ।
प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको बैठकले नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकमाथि दफावार छलफल गर्दै यस्तो निर्णय गरेको हो।
समितिका सभापति कृष्णहरि बुढाथोकीका अनुसार गभर्नर र सञ्चालकहरूको साविकको पाँच वर्षको कार्यकाललाई घटाएर तीन वर्ष बनाइनेछ। यद्यपि, कार्यसम्पादन सन्तोषजनक भएमा उनीहरूलाई थप दुई वर्षका लागि पुनः नियुक्ति वा पदावधि थप गर्न सक्नेछ।
भदौ ४, २०८३ बिहीबार १६:३०:४९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।