७.१७ अंक बढ्यो सेयर बजार, कारोबारमा सुधार
काठमाडौं : बिहीबार सेयर बजार बढेको छ। अघिल्लो दिन ०.२६ अंक घटेको नेप्से परिसूचक आज ७.१७ अंक बढेर २६२९ विन्दुमा कायम भयो। अघिल्ला चार कारोबार दिन लगातार सेयर बजार घटेको थियो।
नेप्से बढेसँगै कारोबार रकम पनि बढेको छ। अघिल्लो दिन तीन अर्ब २९ करोडको कारोबार भएकोमा आज चार अर्ब ४० करोडको कारोबार भयो। १३२ कम्पनीको मूल्य बढ्दा १३२ कम्पनीको घटेको छ भने १३ को मूल्य स्थिर रह्यो।
जलविद्युत् सबैभन्दा धेरै ०.९९ प्रतिशत बढ्यो। त्यस्तै बैंकिङ ०.२८, लगानी ०.०५, जीवन बीमा ०.०१, उत्पादन तथा प्रशोधन ०.७६ तथा अन्य ०.०९ प्रतिशत बढे। त्यस्तै विकास बैंक ०.३७, फाइनान्स ०.१९, होटल तथा पयृटन ०.०५, माइक्रोफाइनान्स ०.०६, निर्जीवन बीमा ०.४८ तथा व्यापार ०.२१ प्रतिशत घटे।
सर्वोत्तम पेन्ट्स् र माउन्ट एभरेस्ट पावरको मूल्य १५ प्रतिशत बढ्यो। आज धेरै कारोबार भएका कम्पनीमा रिलायन्स स्पिनिङ मिल्स, सोलु हाइड्रोपावर, साहस ऊर्जा, सुपरमादी हाइड्रोपावर, सानिमा मिडिल तमोर, माउन्टेन इनर्जी तथा रिडी पावर छन्।
भदौ ४, २०८३ बिहीबार १५:३१:३६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।