टाटा कार्निभल सुरु : पुरानो गाडी साटेर नयाँ पन्च र टियागो इभी लैजान सकिने, आजीवन डीसी फास्ट चार्जिङ निःशुल्क

टाटा कार्निभल सुरु : पुरानो गाडी साटेर नयाँ पन्च र टियागो इभी लैजान सकिने, आजीवन डीसी फास्ट चार्जिङ निःशुल्क

काठमाडौं : नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले भदौ ४ गते (बिहीबार) देखि ‘टाटा कार्निभल’को चौथो संस्करण सुरु गर्ने भएको छ।

भदौ ७ गतेसम्म सञ्चालन हुने यस मेलामा ग्राहकले जुनसुकै पुरानो गाडीलाई डाउनपेमेन्टका रूपमा साटेर टाटाका नयाँ विद्युतीय गाडी (इभी) लैजान सक्नेछन्।

ग्राहकले पुरानो गाडी साटेर हालै नेपाली बजारमा भित्रिएको नयाँ पन्च इभी र नयाँ टियागो इभी खरिद गर्न सक्ने कम्पनीले जनाएको छ।

योजना अवधिभर गाडी बुकिङ गर्ने प्रत्येक ग्राहकले पुरानो गाडीको उत्कृष्ट मूल्याङ्कनका साथै आजीवन निःशुल्क डीसी फास्ट चार्जिङ सुविधा, एक वर्षको सवारी कर पूर्ण छुट, निःशुल्क होम चार्जर जडान र निःशुल्क एसेसोरिज पाउनेछन्।

नयाँ पन्च इभीको सुरुवाती मूल्य रु. ३३ लाख ९९ हजार रहेको छ भने नयाँ टियागो इभीको सुरुवाती मूल्य रु. २८ लाख ९९ हजार रहेको छ।

अत्याधुनिक ‘acti.ev’ प्लेटफर्ममा निर्मित यो गाडी ३२ kWh र ४० kWh गरी दुई ब्याट्री विकल्पमा उपलब्ध छ। यसले नेपाली सडकमा एकपटकको फुल चार्जमा ३०० देखि ३२५ किलोमिटरसम्मको रेन्ज दिन्छ। यसमा १९५ एमएमको ग्राउन्ड क्लियरेन्स, BNCAP ५-स्टार सेफ्टी रेटिङ, ६ वटा एयरब्याग, ३६० डिग्री क्यामेरा, भ्वाइस एक्टिभेटेड सनरूफ, भेन्टिलेटेड सिट र ३६६ लिटरको बुट स्पेस रहेको छ।

दैनिक सहरी यात्रालाई लक्षित गरी नयाँ लुकमा आएको टियागो इभीमा ३६० डिग्री एचडी क्यामेरा प्रणाली, २६.०३ सेन्टिमिटरको हर्मन इन्फोटेनमेन्ट स्क्रिन र ६ वटा एयरब्याग जस्ता आधुनिक सुरक्षा फिचर्स समावेश छन्।

भदौ ४, २०८३ बिहीबार १४:००:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।