एनसेलको अन्तर्राष्ट्रिय कलमा ६० सेकेन्डको पल्स दर लागु, १९८ देशमा प्रभावकारी

एनसेलको अन्तर्राष्ट्रिय कलमा ६० सेकेन्डको पल्स दर लागु, १९८ देशमा प्रभावकारी

काठमाडौं : निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले १९८ वटा गन्तव्य मुलुकका लागि आफ्नो अन्तर्राष्ट्रिय आउटगोइङ (बहिर्गमन) कलमा ६० सेकेन्डको नयाँ पल्स दर लागु गरेको छ।

नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणको स्वीकृतिपछि कम्पनीले भदौ २ गतेदेखि यो व्यवस्था कार्यान्वयनमा ल्याएको हो।

भारत, चीन, अमेरिका, कतार, साउदी अरेबिया, यूएई, मलेसिया, अस्ट्रेलिया, क्यानडा, बेलायत, जापानलगायत १९८ देशमा अब ६० सेकेन्डको पल्स दरका आधारमा शुल्क लाग्नेछ।

दूरसञ्चार ऐन २०५३ को दफा ४२ बमोजिम दूरसञ्चार प्राधिकरणले एनसेलको नयाँ पल्स दरलाई स्वीकृति दिएको हो।

विभिन्न देशका लागि कायम गरिएको कल तथा एसएमएसको विस्तृत शुल्क दर एनसेलको आधिकारिक वेबसाइटमा हेर्न सकिने कम्पनीले जनाएको छ।

भदौ ४, २०८३ बिहीबार १३:५६:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।