तोलामा ९ हजार ३ सय बढ्यो सुनको मूल्य

तोलामा ९ हजार ३ सय बढ्यो सुनको मूल्य

काठमाडौं : नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य बढेको छ। 

बुधबारको तुलनामा आज सुनको मूल्य तोलामा नौ हजार तीन सय रूपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख १३ हजार चार सय रूपैयाँमा किनबेच भइरहेको छ। 

बुधबार सुन प्रतितोला तीन लाख चार हजार एक सय रूपैयाँमा कारोबार भएको थियो। 

यस्तै, बिहीबार चाँदीको मूल्य पनि दुई सय ६० रूपैयाँ बढेर तोलामा चार हजार आठ सय ५५ रूपैयाँमा किनबेच भइरहेको छ।

बुधबार चाँदी प्रतितोला चार हजार पाँच सय ९५ रूपैयाँमा कारोबार भएको थियो।

भदौ ४, २०८३ बिहीबार ११:१४:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।