प्रधानमन्त्रीसँग मन्त्रीहरूले गरे कार्यसम्पादन सम्झौता

प्रधानमन्त्रीसँग मन्त्रीहरूले गरे कार्यसम्पादन सम्झौता

काठमाडौं : प्रधामन्त्री वालेन्द्र शाहसँग चालु आर्थिक वर्षमा सम्पादन गरिने मुख्य काम र हासिल गरिने उपलब्धिका लागि मन्त्रीहरूले कार्यसम्पादन सम्झौता गरेका छन्।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज मन्त्रीहरुले प्रधानमन्त्रीसँग कार्यसम्पादन सम्झौतामा हस्ताक्षर र सम्झौताको प्रति आदानप्रदान गरेका हुन्। उनीहरूसँग सुशासन, सामाजिक न्याय र समृद्धिसँग सम्बन्धित कार्यसम्पादन सम्झौता गरिएको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ।

आजै प्रधानमन्त्रीसँग नेपाल सरकारका मुख्यसचिव गोविन्दबहादुर कार्कीले पनि कार्यसम्पादन सम्झौता गरेका छन्।

भदौ ३, २०८३ बुधबार १७:२७:०३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।