तोलामा २७ सय घट्यो सुनको मूल्य, चाँदी पनि सस्तियो

तोलामा २७ सय घट्यो सुनको मूल्य, चाँदी पनि सस्तियो

काठमाडौं : नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य घटेको छ। 

मंगलबार स्थिर रहेको सुनको मूल्य आज तोलामा दुई हजार सात सय रूपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख चार हजार एक सय रूपैयाँमा किनबेच भइरहेको छ। 

मंगलबार सुन प्रतितोला तीन लाख ६ हजार आठ सय रूपैयाँमा कारोबार भएको थियो। 

यस्तै, बुधबार चाँदीको मूल्य पनि  तोलामा एक सय ६० रूपैयाँ घटेर चार हजार पाँच सय ९५ रूपैयाँमा किनबेच भइरहेको छ।

मंगलबार चाँदी प्रतितोला चार हजार सात सय ५५ रूपैयाँमा कारोबार भएको थियो।

भदौ ३, २०८३ बुधबार ११:३७:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।