यी हुन् ‘ग्लोकल टिन हिरो नेपाल २०२६’ का शीर्ष ६ फाइनलिस्ट

यी हुन् ‘ग्लोकल टिन हिरो नेपाल २०२६’ का शीर्ष ६ फाइनलिस्ट

काठमाडौं : ग्लोकल प्रा.लि.ले ‘गोल्छा ग्रुप प्रस्तुत ग्लोकल टिन हिरो नेपाल २०२६’ का शीर्ष ६ फाइनलिस्टहरूको नाम सार्वजनिक गरेको छ।

देशभरका सातै प्रदेशबाट प्राप्त ७९१ आवेदनहरूमध्ये कार्यको प्रभाव, नवीनता र दिगोपनाका आधारमा जुरी टोलीले ६ जना प्रतिभाशाली किशोर-किशोरीलाई छनोट गरेको हो।

शीर्ष ६ फाइनलिस्टहरू :
१. अर्जुन चौधरी (१५ वर्ष, विराटनगर - कोशी) : साइबर सुरक्षा अनुसन्धानकर्ता तथा प्रविधि नवप्रवर्तक।
२. अटल देव ढकाल (१९ वर्ष, अछाम - सुदूरपश्चिम) : जलवायु न्याय तथा वातावरण अधिवक्ता।
३. जास्मिन बोहोरा (१८ वर्ष, पोखरा - गण्डकी) : एआई तथा अन्तरिक्ष शिक्षासम्बन्धी STEM नवप्रवर्तक।
४. किशोर न्यौपाने (१७ वर्ष, सुर्खेत - कर्णाली) : जलवायु तथा वातावरण अभियन्ता।
५. मन्जिल बस्नेत (१७ वर्ष, बर्दिबास - मधेस) : नागरिक सहभागिता तथा सुशासन नवप्रवर्तक।
६. सबनम सुनार (१९ वर्ष, नवलपुर - गण्डकी) : लैङ्गिक समानता तथा सामाजिक न्याय अधिवक्ता।

छनोट भएका फाइनलिस्टहरूलाई अगस्ट २७ देखि ३१ सम्म नेतृत्व तथा क्षमता विकास कार्यशालामा सहभागी गराइनेछ।

सार्वजनिक एसएमएस भोटिङ र जुरी अन्तर्वार्ताको मूल्याङ्कनका आधारमा आगामी १ सेप्टेम्बर २०२६ मा ललितपुरस्थित ‘द प्लाजा’मा आयोजना हुने भव्य समारोहमा ‘ग्लोकल टिन हिरो नेपाल २०२६’को विजेता घोषणा गरिनेछ।

यस वर्षदेखि यो मञ्च नेपालबाहेक भारत, भुटान, श्रीलङ्का र बङ्गलादेशसम्म विस्तार भई ‘साउथ एसियन ग्लोकल टिन हिरो’का रूपमा सञ्चालन भइरहेको छ।

भदौ ३, २०८३ बुधबार १०:१२:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।