४४० मेगावाटको तिला-१ जलविद्युतमा साढे ४४ अर्ब ऋण लगानी जुट्यो, एनएमबि बैंक अगुवा

४४० मेगावाटको तिला-१ जलविद्युतमा साढे ४४ अर्ब ऋण लगानी जुट्यो, एनएमबि बैंक अगुवा

काठमाडौं : एनएमबि बैंकको अगुवाइमा कालिकोटमा निर्माण हुन लागेको ४४० मेगावाट क्षमताको ‘तिला-१ जलविद्युत आयोजना’को वित्तीय व्यवस्थापन सम्पन्न भएको छ।

एस.सी. पावर कम्पनी प्रालिले निर्माण गर्न लागेको यो आयोजना निजी क्षेत्रबाट अघि बढाइएको हालसम्मकै ठूलो जलविद्युत आयोजना हो।

आयोजनाको कुल अनुमानित लागत ५९.४ अर्ब रुपैयाँ रहेको छ, जसमध्ये बैंकहरूको सह-वित्तीयकरण मार्फत ४४.५५ अर्ब रुपैयाँ ऋण लगानी हुनेछ।

एनएमबि बैंक अगुवा रहेको यहाँ सह-अगुवा बैंकहरूमा ग्लोबल आइएमई, हिमालयन र प्रभु बैंक रहेका छन्। एनएमबि बैंकका सहायक महाप्रबन्धक दिनेश दुलाल र प्रवर्द्धक कम्पनीकी अध्यक्ष सुसन कर्माचार्यले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्।

कालिकोटको तिला खोलामा निर्माण हुन लागेको यो आयोजनाबाट २०८७ पुस १५ अर्थात ३१ डिसेम्बर २०३० सम्ममा व्यावसायिक उत्पादन थाल्ने लक्ष्य लिइएको छ।

आयोजना सम्पन्न भएपछिको पहिलो वर्षमै करिब ११.४ अर्ब रुपैयाँ आम्दानी हुने कम्पनीको अनुमान छ।

भदौ ३, २०८३ बुधबार ०९:२८:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।