भैरवस्थानमा पर्यटक तान्न पूर्वाधार बढाउनुपर्छ : चन्द्र ढकाल

भैरवस्थानमा पर्यटक तान्न पूर्वाधार बढाउनुपर्छ : चन्द्र ढकाल

बागलुङ : आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले धार्मिक पर्यटनको प्रवर्द्धन र भौतिक पूर्वाधारको विकास गर्न सके स्थानीय स्तरमै पर्याप्त रोजगारी सिर्जना गर्न सकिने बताएका छन्।

बागलुङमा आयोजित एक मेलामा उनले बाइसे-चौबिसे राज्यकालदेखिको ऐतिहासिक महत्त्व बोकेको भैरवस्थान मन्दिर क्षेत्रमा पर्यटन, कृषि र स्वरोजगारको प्रचुर सम्भावना रहेकोले यस क्षेत्रलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्नुपर्नेमा आवश्यकता औँल्याए।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मुक्तिनाथ भ्रमणपछि त्यहाँ पर्यटकको सङ्ख्यामा वृद्धि भएको सन्दर्भ जोड्दै ढकालले मुक्तिनाथ पुग्ने पर्यटकमध्ये केही प्रतिशतलाई मात्र बागलुङको भैरवस्थानसम्म आकर्षित गर्न सके यहाँको आर्थिक विकासमा ठूलो सहयोग पुग्ने बताए। 

पर्यटकलाई कम्तीमा एक रात यस क्षेत्रमा अड्याउनका लागि गुणस्तरीय होटल, रिसोर्ट तथा होमस्टे जस्ता पूर्वाधार विस्तारमा जोड दिनुपर्ने उनले बताए। साथै केबलकार तथा अन्य पर्यटकीय पूर्वाधार निर्माणमा स्थानीय स्तरबाट सहयोग प्राप्त भए छोटो समयमै सकारात्मक नतिजा निकाल्न सकिने धारणा ढकालले राखे।

भदौ २, २०८३ मंगलबार १९:३१:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।