१९ अंक घट्यो सेयर बजार, ५ अर्बको कारोबार

१९ अंक घट्यो सेयर बजार, ५ अर्बको कारोबार

काठमाडौं : मंगलबार सेयर बजार दोहोरो अंकले घटेको छ। अघिल्लो दिन २.०१ अंक घटेको नेप्से परिसूचक आज १९.३४ अंकले घटेर २६२२ विन्दुमा कायम भयो।

नेप्से घटेसँगै कारोबार रकम पनि केही घटेको छ। अघिल्लो दिन ५ अर्ब ५२ करोडको कारोबार भएकोमा आज ५ अर्ब ७ करोडको भयो।

५६ कम्पनीको मूल्य बढ्दा २१८ को घट्यो भने ५ कम्पनीको मूल्य स्थिर रह्यो। 

यसदिन व्यापार बाहेक सबै समूहका उपसूचक घटेका छन्। व्यापार ०.४१ प्रतिशत बढ्यो। उत्पादन तथा प्रशोधन सबैभन्दा धेरै १.४० प्रतिशत घट्यो। बैंकिङ ०.५९, विकास बैंक ०.५९, फाइनान्स ०.४१, होटल तथा पर्यटन ०.८४, जलविद्युत् ०.९२, लगानी ०.८३, जीवन बीमा ०.७६, माइक्रोफाइनान्स ०.३९, निर्जीवन बीमा ०.५७ तथा अन्य ०.९७ प्रतिशत घटे।

हालै सूचीकृत सर्वोत्तम पेन्ट्स् र माउन्ट एभरेस्ट पावरको मूल्य १५ प्रतिशत बढ्यो भने सगरमाथा जलविद्युत कम्पनीको १०.६३ प्रतिशत मूल्य घट्यो। 

आज धेरै कारोबार भएका कम्पनीमा सोलु हाइड्रोपावर, खानीखोला हाइड्रोपावर, रिलायन्स स्पिनिङ मिल्स, युनाइटेड मोदी हाइड्रोपावर र रिडी पावर छन्।

भदौ २, २०८३ मंगलबार १५:२९:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।