सुनको भाउ स्थिर हुँदा चाँदी भने घट्यो
काठमाडौं : नेपाली बजारमा मंगलबार सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य सामान्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य प्रतितोला तीन लाख छ हजार आठ सय रुपैयाँ रहेको छ।
सोमबार पनि सुनको कारोबार यही मूल्यमा भएको थियो।
त्यस्तै, मंगलबार चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेर चार हजार सात सय ५५ रुपैयाँ कायम भएको छ।
सोमबार चाँदी तोलामा चार हजार सात सय ७० रुपैयाँमा कारोबार भएको थियो।
भदौ २, २०८३ मंगलबार ११:१५:३२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।