हुवावेको ‘वाच फिट ५ प्रो’ नेपालमा सार्वजनिक, किन्दा इयरबड्स निःशुल्क

हुवावेको ‘वाच फिट ५ प्रो’ नेपालमा सार्वजनिक, किन्दा इयरबड्स निःशुल्क

काठमाडौं : हुवावेले नेपालमा आफ्नो नयाँ स्मार्टवाच ‘हुवावे वाच फिट ५ प्रो’सार्वजनिक गरेको छ।

४३ हजार ९९० रुपैयाँ मूल्य तोकिएको यो घडी किन्दा ग्राहकले सीमित अवधिका लागि ५ हजार ४९० रुपैयाँ पर्ने ‘हुवावे फ्रीबड्स एसई २’ निःशुल्क पाउनेछन्।

१.९२ इन्चको डिस्प्ले, घाममा पनि प्रष्ट देखिने तीन हजार निट्स ब्राइटनेस र एक पटक चार्ज गर्दा ७ देखि १० दिनसम्म टिक्ने ब्याट्री रहेको घडीमा ईसीजी, मुटुको चालको जानकारी र महिला स्वास्थ्य ट्र्याकिङ सुविधा पनि छ।

मिनी वर्कआउट, ट्रेल रन (लोकेसन र उचाइको जानकारी दिने) र विश्वभरका १७ हजारभन्दा बढी गल्फ कोर्सको म्यापसहितको गल्फ मोड पनि घडीमा उपलब्ध रहेको कम्पनीले जनाएको छ।

यो स्मार्टवाच कालो, सुन्तले र सेतो रङका विभिन्न स्ट्र्याप विकल्पमा देशभर उपलब्ध छ।

भदौ २, २०८३ मंगलबार ०९:२५:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।