नाइमा एक्स्पोमा लिपमोटरका गाडीको उत्साहजनक बुकिङ
काठमाडौं : भृकुटीमण्डपमा सम्पन्न ६ दिने 'नाइमा मोबिलिटी एक्स्पो २०२६' मा लिपमोटरका तीन सयभन्दा बढी गाडी बुकिङ भएका छन्। नेपालका लागि लिपमोटरको आधिकारिक वितरक साङ्ग्रिला मोटर्सले प्रदर्शनी अवधिमा उक्त संख्यामा बुकिङ प्राप्त भएको जनाएको छ।
साङ्ग्रिला मोटर्सका अनुसार हालै सार्वजनिक गरिएको इलेक्ट्रिक SUV 'B03X' र 'B10' मोडल प्रदर्शनीमा राखिएका थिए। B03X मोडलमा १४५ किलोवाटको मोटर, ५३ किलोवाट आवरको ब्याट्री, ५०५ किलोमिटर (CLTC) रेन्ज, ५१० लिटरको बुट स्पेस र लेभल २ ADAS सुरक्षा प्रविधि जस्ता विशेषता रहेका छन्।
त्यसैगरी, प्रिमियम इभी सेगमेन्टको 'B10' मोडलमा गरिएको मूल्य समायोजन र एक्स्पो लक्षित अफरका कारण ग्राहकको चासो देखिएको कम्पनीले जनाएको छ। एक्स्पोको सफलतापछि साङ्ग्रिला मोटर्सले अब गाडीहरूको डेलिभरी र देशभर बिक्री तथा सेवा सञ्जाल विस्तारमा केन्द्रित हुने बताएको छ।
भदौ १, २०८३ सोमबार २०:३६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।