२ अंकले घट्यो नेप्से, साढे ५ अर्ब माथिको कारोबार
काठमाडौं : साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार घटेको छ। आज नेप्से परिसुचक २.०१ अङ्कले घटेर २६४१ बिन्दुमा कायम भयो। शुक्रबार पनि नेप्से ७.३७ अंक घटेको थियो।
कारोबार रकम भने बढेको छ। आज पाँच अर्ब ५२ करोड ५५ लाखको कारोबार भयो। शुक्रबार चार अर्ब २७ करोड ५६ लाख ७५ हजार रुपैँयामा कारोबार भएको थियो।
आज ७२ कम्पनीको सेयर मुल्य बढ्दा २०१ घट्यो भने पाँच ५ कम्पनीको स्थिर रह्यो।
उत्पादन तथा प्रशोधन सबैभन्दा धेरै १.३० प्रतिशत बढ्यो भने फाइनान्स समूह सबैभन्दा धेरै १.१४ प्रतिशत घट्यो।
जलविद्युत् ०.४५, अन्य ०.४७ र व्यापार ०.१४ प्रतिशत बढे। बैंकिङ ०.५०, विकास बैंक ०.२९, होटल तथा पर्यटन ०.५६, लगानी ०.५९, जीवन बीमा ०.३६, माइक्रोफाइनान्स ०.६६ तथा निर्जीवन बीमा ०.६१ प्रतिशत घटे।
यसदिन सर्वात्तम पेन्टस् इन्डस्ट्रिज र माउन्ट एभरेष्ट पावर डेभलपमेन्टको सेयर मूल्य १५ प्रतिशत बढ्यो। त्यस्तै रिलायन्स स्पिनिङ मिल्सको ११.१७ प्रतिशत बढ्यो।
आज धेरै कारोबार भएका कम्पनीमा रिलायन्स स्पिनिङ मिल्स, सोलु हाइड्रोपावर, रिडी पावर, खानीखोला हाइड्रोपावर र विकास हाइड्रोपावर छन्।
भदौ १, २०८३ सोमबार १५:२८:०२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।