एमएडब्लू वृद्धिले अगस्ट १९ मा नयाँ इलेक्ट्रिक ‘फुल एसयुभी’ नामी भिगो ईटु सार्वजनिक गर्ने
काठमाडौं : नेपालका लागि डोङफेङ नामीको आधिकारिक वितरक एमएडब्लू वृद्धि मोटर्सले आगामी अगस्ट १९, २०२६ मा नयाँ इलेक्ट्रिक एसयुभी ‘नामी भिगो ईटु’ सार्वजनिक गर्ने भएको छ।
कम्पनीले यसलाई ‘फुल एसयुभी’का रूपमा बजारमा प्रस्तुत गर्न लागेको हो।
फराकिलो क्याबिन, आधुनिक फिचर र व्यावहारिक प्रदर्शनसहित दैनिक प्रयोग तथा लामो दूरीको यात्रालाई लक्षित गरेर यो गाडी तयार पारिएको कम्पनीले जनाएको छ।
मनाङ, मुस्ताङ र शुक्लाफाँटा जस्ता चुनौतीपूर्ण भूभागमा आफ्नो क्षमता प्रमाणित गरिसकेको यस ब्रान्डका हालसम्म २ हजारभन्दा बढी गाडी नेपाली सडकमा गुडिरहेका छन्।
गाडीको आधिकारिक मूल्य तथा विस्तृत प्राविधिक विवरण भने अगस्ट १९ मा आयोजना हुने औपचारिक सार्वजनिक कार्यक्रममै घोषणा गरिने कम्पनीले जानकारी दिएको छ।
भदौ १, २०८३ सोमबार १२:५०:५७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।