आज पनि बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार?

आज पनि बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार?

काठमाडौं : नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य बढेको छ। 

आइतबारको तुलनामा आज सुनको मूल्य प्रतितोला एक हजार ६ सय र चाँदीको ६० रूपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख ६ हजार आठ सय रूपैयाँमा किनबेच भइरहेको छ। 

आइतबार सुन प्रतितोला तीन लाख पाँच हजार दुई सय रूपैयाँमा कारोबार भएको थियो। 

यस्तै, आइतबार प्रतितोला चार हजार सात सय १० रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा चार हजार सात सय ७० रूपैयाँमा किनबेच भइरहेको छ।

भदौ १, २०८३ सोमबार ११:२७:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।