पत्रकार किशोर श्रेष्ठलाई तीन दिन हिरासतमा राख्न अदालतको अनुमति
काठमाडौं : जिल्ला अदालत काठमाडौंले पत्रकार किशोर श्रेष्ठलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।
समाचारमार्फत व्यक्तिगत गोपनीयता हनन गरेको कसुरमा बुधबार राति पक्राउ परेका श्रेष्ठलाई बिहीबार अदालतले तीन दिनको म्याद थप गरेको हो।
जिल्ला अदालतका न्यायाधीश उमेशप्रसाद लुइँटेलको इजलासले श्रेष्ठलाई हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दियो। पक्राउ परेका श्रेष्ठको कार्यकक्ष र घरमा समेत प्रहरीले खानतलासी गरेको छ।
यसैबीच, श्रेष्ठकी श्रीमती सरस्वती श्रेष्ठले श्रीमान्लाई गैरकानुनी रूपमा थुनामा राखिएको दाबी गर्दै बिहीबार नै सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दर्ता गराएकी छन्। समाचारको विषयलाई लिएर पत्रकारमाथि फौजदारी कसुरमा कारबाही प्रक्रिया अघि बढाइएको भन्दै सञ्चार क्षेत्रसम्बद्ध विभिन्न संघसंस्थाहरूले विरोध जनाएका छन्।
साउन २८, २०८३ बिहीबार २१:११:५८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।