इरानले क्षतिपूर्ति मागेपछि ट्रम्प भन्छन् : ‘हामी पनि क्षतिपूर्ति माग्छौं’

इरानले क्षतिपूर्ति मागेपछि ट्रम्प भन्छन् : ‘हामी पनि क्षतिपूर्ति माग्छौं’

एजेन्सी : हर्मुज जलमार्ग अमेरिकी नौसेनाको नाकाबन्दी कायम रहेको दाबी गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग उसले गरेको क्षतिको क्षतिपूर्ति तिराउनुपर्ने बताएका छन्।

ओभल अफिसमा पत्रकारहरूसँगको साक्षात्कारमा बोल्दै ट्रम्पले वासिङ्टनले इरानसँग क्षतिपूर्तिको माग गर्ने बताए। यसअघि इरानले अमेरिका र इजरायली सैन्य कारबाहीका कारण भएको आर्थिक क्षतिको क्षतिपूर्ति माग गरेको थियो। 

इरानको मागलाई अस्वीकार गर्दै ट्रम्पले तेहरानलाई आफ्नै कार्यका कारण भएको हताहत र नोक्सानीका लागि जवाफदेही बनाउनुपर्ने जिकिर गरे। यसअघि ट्रम्पले आर्थिक क्षतिपूर्तिबारे इरानको मागलाई अस्वीकार गरिसकेको छ।

सामाजिक सञ्जालमा क्षतिपूर्तिका लागि इरानको मागलाई ‘रोचक विचार’का रूपमा वर्णन गर्दै ट्रम्पले भविष्यको कूटनीतिक वार्तामा अमेरिकाको प्रति-माग प्रस्तुत गर्ने सङ्केत गरे। 

साउन २६, २०८३ मंगलबार १६:५५:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।