मध्यावधि निर्वाचनलाई लिएर ट्रम्पको अर्को प्रतिक्रिया : ‘अमेरिकाका लागि इतिहासकै ठूलो प्रतिगमन’

मध्यावधि निर्वाचनलाई लिएर ट्रम्पको अर्को प्रतिक्रिया : ‘अमेरिकाका लागि इतिहासकै ठूलो प्रतिगमन’

एजेन्सी : भरखरै सम्पन्न भएको अमेरिकी मध्यावधि निर्वाचनलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाका लागि ‘इतिहासकै ठूलो प्रतिगमन’को संज्ञा दिएका छन्। निर्वाचनमा ठूलो हार बेहोरेको ट्रम्पको रिपब्लिकन पार्टीलाई दशकौंदेखि प्रभुत्व जमाएका राज्यहरूमा ऐतिहासिक क्षति पुर्याएको थियो।

अमेरिकी कंग्रेसका दुवै सदनमा विपक्षी दलले बहुमत ल्याएपछि बिहीबार ह्वाइट हाउसस्थित ओभल अफिसको ऐतिहासिक रिजोल्युट डेस्कमा ‘भिटो’ लेखिएको ठूलो रातो टोपी प्रदर्शन गरेर राष्ट्रपतीय भिटो अधिकार प्रयोग गर्ने संकेत दिएका ट्रम्पले त्यसको तीन दिनपछि चुनावी परिणामलाई दिएर फेरि यस्तो टिप्पणी गरेका हुन्।

ट्रुथ सोशलमा एक पोस्टमा राष्ट्रपति ट्रम्पले लेखेका छन्, “गत चुनावको परिणामले अमेरिकालाई इतिहासमा ‘ठूलो प्रतिगमनतर्फ’ अघि बढाएको छ। अमेरिकी नागरिक नडराऊ हामी पहिले भन्दा ठूलो र बलियो भएर फर्कनेछौं।”

रिपब्लिकन सांसदहरूले असफलतामा राष्ट्रपति ट्रम्पलाई जिम्मेवार बताइरहेका समय राष्ट्रपति ट्रम्पले अझ कडा कदम चाल्दै पछि नफर्कने सङ्केत गरेका छन्। उनले शुक्रबार कट्टरपन्थी सल्लाहकार स्टिफन मिलरलाई आफ्नो नयाँ ‘चिफ अफ स्टाफ’को रूपमा नियुक्त गरेका थिए।

डेमोक्र्याटहरूले ट्रम्प प्रशासनलाई जबाफदेही बनाउने र ट्रम्पको कडा आप्रवासन नीतिका वास्तुकार मिलरको विरुद्ध ‘आगामी बाटोको हरेक कदममा लड्ने’ प्रतिबद्धता व्यक्त गरेका छन्।

कात्तिक २३, २०८३ सोमबार ०८:००:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।