जलन विज्ञ डा पियूष भन्छन् "कसैको अनुहार जल्यो भने जोखिम दोब्बर हुन्छ, आगो लागे दौडनु हुन्न, बरफ लगाउनु हुन्न"
डा. पियूष दाहाल ख्यातिप्राप्त नेपाली चिकित्सक हुन्। उनी वीर अस्पताल को बर्न तथा प्लास्टिक सर्जरी विभागका प्रमुख सल्लाहकार प्लास्टिक सर्जन समेत हुन्। पछिल्लो समय आफैँ आगो लगाउने, ग्याँस पड्किने लगायतका घटनाबाट मृत्यु हुने घटना बढिरहेको सन्दर्भमा उकेराले उनीसँग यसबारे विस्तृत कुराकानी गरेका छौँ।
उनी यदि कोही कसैलाई आगो लाग्यो भने दौडिनुको साटो उभिने, लडीबुडी गरेर आगो निभाउने प्रयास गर्ने सुझाव दिन्छन्। जलनको विरामीको उमेर र अस्पतालसम्म ल्याइपूर्याउँदा कस्तो विधि अपनाइयो भन्नेले समेत जोखिम निर्धारण हुने उनले बताए।
आगोसँगै धेरै चिसो हुँदा र करेन्टले पनि जलनको समस्या हुने बताउँदै उनले यदि आगोको जलन भएको अवस्थामा बरफले सेक्ने, त्यसमा टुथपेस्ट दल्ने अनि घ्युकूमारी दल्ने जस्ता काम गरे झन् जोखिम बढ्ने उनको सुझाव छ। नेपालमा छाला दानको सचेतना नभएकाले छालाको अभावका कारण समेत जलनका बिरामीको मृत्यु हुने गरेको उनले बताए।
उकेराकर्मी उपेन्द्र खड्काले डा. पियूषसँग गरेको विशेष संवाद:
साउन २१, २०८३ बिहीबार १७:३९:२८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।