ब्रडपिक हिम पहिरोमा परी मृत्यु भएका पर्वतारोहीप्रति प्रधानमन्त्री शाहको श्रद्धाञ्जली

ब्रडपिक हिम पहिरोमा परी मृत्यु भएका पर्वतारोहीप्रति प्रधानमन्त्री शाहको श्रद्धाञ्जली

काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाहले पाकिस्तानको ब्रडपिक आरोहणका क्रममा हिम पहिरोमा परेर मृत्यु भएका पर्वतारोहीप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्।

ब्रडपिक आरोहणका क्रममा हिम पहिरोमा परेर हराएका विश्व चर्चित नेपाली मूलका आरोही निर्मल पुर्जासहित चार नेपाली र विदेशी गरी १० पर्वतारोहीको मृत्यु भएको थियो। शाहले उनीहरूको मृत्युले आफू स्तब्ध भएको उल्लेख गरे।

उनले हिमाल आरोहण केवल शिखर चुम्ने यात्रा नभई साहस, अनुशासन, त्याग र मानवीय सीमालाई चुनौती दिने अदम्य आत्मविश्वासको सर्वोच्च अभिव्यक्ति भएको बताए। 

हिमालले धेरैलाई शिखरको गौरव दिलाउने भए पनि कहिलेकाहीँ आफ्नै काखमा सधैँका लागि अँगालेर राख्ने उल्लेख गर्दै उनले हिमाल आरोहीहरू आफ्नो साहस र समर्पणका कारण इतिहासमा सधैँ अमर रहने बताएका छन्।

उनले भनेका छन्, “आरोहण केवल शिखर चुम्ने यात्रा होइन। यो साहस, अनुशासन, त्याग र मानवीय सीमालाई चुनौती दिने अदम्य आत्मविश्वासको सर्वोच्च अभिव्यक्ति हो। हिमालले धेरैलाई शिखरको गौरव दिन्छ, कहिलेकाहीँ आफ्नै काखमा सधैँका लागि अँगालेर पनि राख्छ। तर, हिमाल आरोहीहरू आफ्नो साहस र समर्पणका कारण इतिहासमा सधैँ अमर रहन्छन्।”

साउन १६, २०८३ शनिबार १८:३०:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।