'बालबालिकाको मृत्युबारे प्रश्न सोध्नेलाई गृहमन्त्रीले झ्याल खोलेर भने 'तिमी जेनजीको उ... हैन?'
विराटनगर : सुनसरीको देवानगन्ज गाउँपालिका–३ कप्तानगन्जमा भएको घटनाका घाइतेलाई भेट्न पुगेका गृहमन्त्री सुधन गुरुङले राजीनामाको मागको सामना गर्नु पर्यो। उनी स्वास्थ्यमन्त्री निशा मेहतासहित देवानगन्जका घाइते भेट्न विराटनगर पुगेका थिए। उनी अस्पताल पुग्दा बाहिर उनको राजीनामाको माग भइरहेको थियो।
अस्पतालमा घाइते भेटेर बाहिरिएपछि उनलाई एक जनाले हाम्रो बच्चाहरू मारेर कस्तो अनुभव भइरहेको छ भनेर सोधे। गृहमन्त्री गुरुङ गाडी चढिसकेका थिए। उनले प्रश्न गरिरहेपछि सुधनले गाडीको झ्याल खोलेर ती युवालाई सोधे 'तिमी जेनजीको उ..हैन।' ती युवाले भने 'हजुर हजुर म तपाईँहरूकै मान्छे'।
गृहमन्त्री सुधनले उ..उ भन्दै जेनजीको घाइते हैन भने। उनले हजुर भने। त्यसपछि उनले त्यही भएर यस्तो भनेको भनेर सोधेका थिए। जवाफमा युवाले गलत काम जसले गरे पनि आफूहरू बोल्ने बताउँछन्। अनि गृहमन्त्री गाडीमा हुइँकिन्छन्।
त्यो भन्दा अगाडि अस्पतालमा जाँदा गृहमन्त्री मुर्दावाद भन्दै मृतकलाई शहीद घोषणा गर्नु पर्ने, राहत दिनुपर्ने र गोली चलाउन संलग्नमाथि छानबिनको माग गरेका थिए। प्रधानमन्त्रीको निर्देशनमा गृहमन्त्री सुधन बिहीबार राति विराटनगर आएका थिए।
साउन १५, २०८३ शुक्रबार ०१:३६:५२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।