वीरगन्ज महानगर क्षेत्रमा बेलुका ५ देखि शुक्रवार बिहान ६ बजेसम्म निषेधाज्ञा

वीरगन्ज महानगर क्षेत्रमा बेलुका ५ देखि शुक्रवार बिहान ६ बजेसम्म निषेधाज्ञा

वीरगन्ज : सुनसरीमा सुरु भएको विवाद मधेसका जिल्लाहरूमा फैलिए पछि स्थानीय प्रशासनले पर्साको वीरगन्ज महानगरपालिका क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ। कोशीको सुनसरीको विवाद सिरहा र धनुषामा फैलँदा त्यहाँ स्थानीय प्रशासनले कर्फ्यु जारी गरिसकेको छ। पर्सामा पनि विरोध प्रदर्शन हुनसक्ने जोखिम हेरेर जिल्ला सुरक्षा समितिले बिहीबार बिहीबार साँझ ५ बजेदेखि भोलि शुक्रबार बिहान ६ बजेसम्म निषेधाज्ञा जारी गरेको हो।

सूचनामा पूर्वमा प्रतिमाचोकदेखि बसपार्क बाइपास रोड, पश्चिममा तिलावे पुल, उत्तरमा गण्डक चोक र दक्षिणमा शङ्कराचार्य गेट क्षेत्रभित्र निषेधाज्ञा जारी गरिएको उल्लेख छ। यो क्षेत्रभित्र तोकिएको पाँच जनाभन्दा बढी मानिसहरू भेला हुन, सभा, जुलुस तथा प्रदर्शन नगर्न भनिएको छ। निषेधाज्ञाको आदेश उल्लङ्घन गर्नेलाई नियन्त्रणमा लिई कानुनबमोजिम कारबाही गरिने प्रशासनको सूचनामा उल्लेख छ।

साउन १४, २०८३ बिहीबार १८:२७:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।