सिरहाको गोलबजारमा गोली लागेर १५ वर्षीय यादवको मृत्यु

सिरहाको गोलबजारमा गोली लागेर १५ वर्षीय यादवको मृत्यु

काठमाडौं : सिरहाको गोलबजारमा बिहीबार गोली लागेर औरही गाउँपालिकाका १५ वर्षीय गणेश यादवको मृत्यु भएको छ।

पूर्व-पश्चिम राजमार्गमा टायर बालेर सडक अवरुद्ध गरेर प्रदर्शन गरिरहेका यादवको मृत्यु भएको सिरहाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए।

“गोली लागेर यादवको मृत्यु भएको जानकारी प्राप्त भएको छ। तर कसले चलाएको गोलीबाट मृत्यु भएको हो भने खुल्न नसकेको छैन”, प्रजिअ पौडेलले भने, “यसबारे अनुसन्धान भइरहेको छ।”

जिल्ला प्रशासन कार्यालय सिरहाले गोलबजार क्षेत्रमा बिहीबार दिउँसो २ बजेदेखि अनिश्चितकालीन कर्फ्यु जारी गरेको छ। घटनापछि प्रदर्शनकारीहरूले ठाउँ ठाउँमा प्रदर्शन जारी राखेका छन्।

साउन १४, २०८३ बिहीबार १७:३३:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।