प्रतिनिधिसभामा विपक्षी दलहरूले गरे विरोध
काठमाडौं : प्रतिनिधिसभाको बैठकमा विपक्षीहरूले विरोध गरेका छन्।
बिहीबार सिंहदरबारस्थित संसद् भवनमा बसेको प्रतिनिधिसभाको बैठकमा विपक्षीहरूले विरोध उठेर विरोध गरेका हुन्।
सभामुख डोलप्रसाद अर्यालले बैठक सुरु गर्ने बितिक्कै विपक्षी दलहरूले बैठकमा आ-आफ्नो स्थानबाट उठेर विरोध गरे।
नेपाली कांग्रेस, एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरूले उठेर विरोध गरेका हुन्।
साउन १४, २०८३ बिहीबार ११:३२:४४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।