प्रधानमन्त्रीले बोलाए राष्ट्रिय सुरक्षा परिषद् बैठक

प्रधानमन्त्रीले बोलाए राष्ट्रिय सुरक्षा परिषद् बैठक

काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाहले सुरक्षा परिषद्को बैठक बोलाएका छन्। 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहान ११:३० बजे बैठक बस्न लागेको प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालले जानकारी दिइन्।

बैठकमा सुनसरी घटनासहित देशको समग्र शान्ति सुरक्षाको अवस्थाबारे छलफल हुनेछ। 

प्रधानमन्त्रीको अध्यक्षतामा हुने परिषद् बैठकमा रक्षामन्त्री, गृहमन्त्री, परराष्ट्रमन्त्री अर्थमन्त्री, मुख्यसचिव, प्रधानसेनापति र रक्षासचिव रहने व्यवस्था छ।

साउन १४, २०८३ बिहीबार १०:५३:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।