प्रधानमन्त्रीसँग सभामुखको भेट
काठमाडौ : प्रधानमन्त्री वालेन्द्र शाह र सभामुख डिपी अर्यालबीच भेटवार्ता भएको छ।
विभिन्न राजनीतिक दलका नेताहरूसँग भेटवार्ता गर्ने क्रममा सभामुख अर्यालले बुधबार प्रधानमन्त्री शाहसँग भेटवार्ता गरेका हुन्।
भेटवार्ताका क्रममा प्रतिनिधिसभाको बैठकलाई प्रभावकारी, मर्यादित र परिणाममुखी बनाउने विषयमा छलफल गरेका थिए।
यसैगरी, सभामुख अर्यालले एमाले संसदीय दलका नेता रामबहादुर थापासँग पनि भेटवार्ता गरेका छन्।
सभामुखको सचिवालयका अनुसार सभामुख अर्यालले विपक्षी दलका नेता भीष्मराज आङदेम्बे तथा नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान पुनसँग मङ्गलबार छुट्टाछुट्टै भेटवार्ता गरेका थिए।
त्यसैगरी, मङ्गलबार नै सभामुखले विभिन्न दलका प्रमुख सचेतक तथा सचेतकहरूसँग पनि छलफल गरेका थिए। छलफलमा प्रतिनिधिसभाको कार्य सञ्चालनलाई प्रभावकारी बनाउने तथा आगामी बैठकका कार्यसूचीलाई व्यवस्थित ढङ्गले अघि बढाउने विषयमा छलफल भएको थियो।
साउन १३, २०८३ बुधबार १६:३८:२७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।