बाढीले सेनाको ब्यारेकमा क्षति
गण्डकी : सुपरसेती जलविद्युत् आयोजनाको सुरक्षार्थ खटिएका नेपाली सेनाको ब्यारेकमा क्षति पुगेको छ।
केही दिनअघिको वर्षापछि सेती नदीमा आएको बाढीले कास्कीको माछापुच्छ्रे गाउँपालिका-१ मा निर्माणाधीन ब्यारेकमा क्षति पुगेको हो।
प्रिफ्याब र जस्ता प्रयोग गरेर बनाइएको ब्यारेकका तीन कोठा पूर्ण रूपमा क्षति भएको सार्दीखोला प्रहरी चौकीका वरिष्ठ हवल्दार टीकाराम गुरुङले जानकारी दिए।
बाढीले सेनाको हातहतियारबाहेक लत्ताकपडा र अन्य सामग्री बगाएको छ। मंगलबार प्रहरीले घटनास्थल पुगी क्षतिको विवरण संकलन गरेको थियो।
भौगोलिक रूपमा टाढा र विकट रहेकाले घटनाबारे ढिला गरी खबर प्राप्त भएको हवल्दार गुरुङले बताए।
साउन १३, २०८३ बुधबार १४:२४:५९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।