कप्तानगञ्जमा सामाजिक सद्भाव कायम राख्न सर्वदलीय बैठकको अपिल
विराटनगर : सुनसरीको देवानगञ्ज गाउँपालिका-३ कप्तानगञ्जमा झण्डा टाँग्ने विषयमा उत्पन्न तनाव कम गर्नेसम्बन्धमा सोमबार बसेको सर्वदलीय बैठकले सामाजिक सद्भाव कायम राख्न आह्वान गरेको छ।
जिल्ला प्रशासन कार्यालय सुनसरीमा प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेको अध्यक्षतामा बसेको बैठकमा घटना प्रभावित क्षेत्रमा शान्ति सुरक्षा कायम गर्न सबैले आआफ्नो तहबाट प्रभावकारी प्रयास गर्ने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी पोषण लामिछानेले जानकारी दिए।
अहिले देवानगञ्ज, घुस्की, कप्तानगञ्ज, भुटहा र हरिनगरा बजार क्षेत्रमा स्थानीय प्रशासनले बिहान ७ बजेदेखि निषेधाज्ञा जारी गरेको छ। सहायक प्रमुख जिल्ला अधिकारी लामिछानेले घटना प्रभावित क्षेत्रमा कुनै पनि अप्रिय घटना हुन नदिन प्रशासनले आवश्यक सुरक्षा संयन्त्र परिचालन गरेको र हाल त्यहाँको जनजीवन सामान्य बन्दै गएको बताए।
कप्तानगञ्जमा गए राति दुई समूहबीचको विवाद सिर्जनापछि भएको झडपको घटनामा गोली लागेर घाइते भएका २४ वर्षीय ओमप्रकाश मेहताको उपचारको क्रममा निधन भएको थियो।
साउन ११, २०८३ सोमबार १८:३२:५२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।