नेपाली बजारमा भिडाको औपचारिक प्रवेश, सिजी मोटर्समार्फत बिक्री वितरण सुरु
काठमाडौँ : हिरोद्वारा सञ्चालित विद्युतीय दुईपांग्रे ब्रान्ड भिडाले आफ्नो पहिलो अन्तर्राष्ट्रिय बजारका रूपमा नेपालमा औपचारिक प्रवेशको घोषणा गरेको छ। नेपालमा भिडाका उत्पादनहरू चौधरी ग्रुपअन्तर्गतको सिजी मोटर्समार्फत आधिकारिक रूपमा उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ।
कम्पनीका अनुसार नेपालका लागि भिएक्सटुप्लस र भिएक्सटुगो भेरियन्टमा उपलब्ध रहेको कम्पनीले जानकारी दिएको छ। भिएक्सटुप्स्ल उकालो र चुनौतीपूर्ण सडकका लागि उपयुक्त रहेको र यसमा ४.४ किलोवाट आवरको निकाल्न मिल्ने ब्याट्री रहेको छ। यसले वास्तविक अवस्थामा करिब १४० किमीको रेन्ज र ९० किमी/घण्टाको अधिकतम गति दिने र यसले ० देखि ४० किमी/घण्टाको गति मात्र ३.१ सेकेन्डमा लिन सक्ने कम्पनीले जानकारी दिएको छ।
भिएक्सटुगोमा २.२ किलोवाट आवर ब्याट्री क्षमता रहेको छ। यसले करिब ७५ किमी रेन्ज र ७० किमी/घण्टाको अधिकतम गति दिन्छ।
दुवै मोडलमा घरमै साधारण ५ एम्पियरको सकेटबाट ब्याट्री चार्ज गर्न सकिने सुविधा रहेको र डिसी फास्ट चार्जिङ मार्फत ६५ मिनेटमै ० देखि ८० प्रतिशतसम्म चार्ज हुने कम्पनीले जानकारी दिएको छ।
विशेष गरी किशोर तथा युवा राइडरहरूलाई लक्षित गरिएको यो ई-बाइकमा प्रयोगकर्ताको उमेर र शारीरिक बनावटअनुसार तीन फरक साइजमा रूपान्तरण गर्न सकिने 'एडप्टिभ सिस्टम' छ।
यसमा अभिभावकका लागि गति नियन्त्रण गर्न एप-बेस्ड प्यारेंटल कन्ट्रोल' सुविधा छ। ३५० वाट मोटर र ३६० वाट आवर ब्याट्री रहेको यस बाइकले ३ घण्टासम्मको राइडिङ समय दिन्छ।
हिरो मोटोकर्पको इमर्जिङ मोबिलिटी बिजनेस युनिटकी मुख्य व्यवसाय अधिकृत कौशल्या नन्दकुमारले नेपाल रणनीतिक रूपमा अत्यन्त महत्त्वपूर्ण बजार रहेको बताउँदै सिजी मोटर्ससँगको सहकार्यमा नेपाली ग्राहकलाई प्रिमियम विद्युतीय अनुभव प्रदान गर्न प्रतिबद्ध रहेको बताए।
त्यस्तै चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले नेपाल हरित यातायाततर्फ तीव्र रूपमा अघि बढिरहेको उल्लेख गर्दै भिडाको आगमनले यो परिवर्तनलाई अझ गति दिने र दुईपांग्रे बजारमा नयाँ मानक स्थापित गर्ने विश्वास व्यक्त गरेका थिए।
साउन १०, २०८३ आइतबार १९:५२:०३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।