दाङमा माटोको ढिस्कोले पुरिएर १३ वर्षीय किशोरको मृत्यु
दाङ : दाङको राजपुर गाउँपालिकामा माटोको ढिस्कोले पुरिएर एक किशोरको मृत्यु भएको छ।
ढिस्कोले पुरिएर राजपुर गाउँपालिका-२ पीपलडाँडाका १३ वर्षीय दिपेश चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक (डिएसपी) हेमबहादुर खत्रीले जानकारी दिए।
प्रहरीका अनुसार शनिबार स्थानीय बेलास्थित दुर्गा सामुदायिक वनमा घरका लागि माटो खन्न गएका बेला उनी माथिबाट खसेको ढिस्कोमा पुरिएका थिए। घटनालगत्तै उद्धार गरी उनलाई उपचारका लागि अस्पताल पुर्याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।
साउन १०, २०८३ आइतबार १०:४१:२३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।