भानुभक्तको सालिक तोडफोडको आरोपमा कुँवर पक्राउ

भानुभक्तको सालिक तोडफोडको आरोपमा कुँवर पक्राउ

काठमाडौं : आदिकवि भानुभक्त आचार्यको सालिक तोडफोड गरेको आरोपमा लमजुङ प्रहरीले २४ वर्षीय रोशन कुँवरलाई पक्राउ गरेको छ।

मध्यनेपाल नगरपालिका-४, दुर्दीपुलस्थित बौद्धा रिस्ती खोलापुल नजिक रहेको भानु घाँसी संवाद पार्कमा स्थापित आदिकवि भानुभक्त आचार्य र वीरगञ्जवासी खड्कबहादुर थापाको सालिक तोडफोड गरी क्षति पुर्याएको आरोपमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

यही साउन ७ गते राति भएको उक्त घटनाको अनुसन्धानका क्रममा व्यास नगरपालिका-७ तनहुँका स्थायी बासिन्दा हाल लमजुङमा बस्दै आएका कुँवरलाई पक्राउ गरिएको लमजुङ जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 

निजलाई लमजुङ जिल्ला अदालतबाट आपराधिक उपद्रव मुद्दामा पाँच दिनको म्याद लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

साउन १०, २०८३ आइतबार ०८:४३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।