भोटेकोसीमा खस्यो विद्युतीय गाडी, चालक र सवारीको अवस्था अज्ञात
काठमाडौं : रसुवाको गोसाईंकुण्ड गाउँपालिका-५ अन्तर्गत पर्ने सडकबाट शनिबार साँझ एक विद्युतीय गाडी भोटेकोसी नदीमा खसेको छ।
रसुवागढी नाकाबाट भन्सार पास भएर काठमाडौं ल्याउन लागिएको अनटेस्ट गाडी शनिबार साँझ ५:४० बजे सडकबाट नदीमा खसेको जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ।
दुर्घटनामा परेका चालक तथा सवारी साधनको अवस्था हालसम्म अज्ञात रहेको छ। जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीका अनुसार दुर्घटना क्षेत्रको भौगोलिक अवस्था जटिल रहेकाले खोजी कार्यमा चुनौती थपिएको छ।
जिल्लाका तीन वटै सुरक्षा संयन्त्र परिचालन भई खोजी कार्य जारी रहेको उनले जानकारी दिए। दुर्घटनामा परेको उक्त गाडीमा कति जना सवार थिए भन्ने यकिन हुन नसकेको अधिकारीले जानकारी दिए।
साउन ९, २०८३ शनिबार २१:४०:१२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।