कर्णाली प्रदेशका मुख्यमन्त्री कँडेलले दिए पदबाट राजीनामा
कर्णाली : कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आफूविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमाथि प्रदेशसभामा छलफल हुनुअगावै पदबाट राजीनामा दिएका छन्।
मुख्यमन्त्री कँडेलविरुद्ध गत असार ३२ गते प्रदेशसभामा नेपाली कांग्रेस र नेकपाका गरी १६ जना प्रदेशसभा सदस्यले अविश्वास प्रस्ताव दर्ता गराएको थिए।
उक्त अविश्वास प्रस्तावमाथि छलफलका लागि शनिबार दिउँसो ३ बजे प्रदेशसभा बैठक बोलाइएको थियो। तर, कर्णाली प्रदेशको दोस्रो कार्यकालको आठौं अधिवेशनको शनिबार बसेको प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले पदबाट राजीनामा दिएको घोषणा गरे।
उक्त अविश्वासको प्रस्तावमाथि मतदान हुन अघि नै कँडेलले राजीनामा दिएपछि अब नयाँ सरकार गठन प्रक्रिया अगाडि बढेको छ। यता एमाले र नेकपाका शीर्ष नेताहरुबीच प्रदेशसभामा सहकार्य गर्ने र संयुक्त सरकार गठन गर्ने सहमति भएको छ। जसअनुसार कर्णाली प्रदेशमा नेकपाको नेतृत्वमा सरकार गठन हुने छ।
साउन ९, २०८३ शनिबार १८:२६:०७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।