चितवनमा टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु
चितवन : चितवनको भरतपुर महानगरपालिका–३ पुल्चोकमा टिपरको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ।
मृत्यु हुनेमा नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मध्यविन्दु नगरपालिका–६ का ३५ वर्षीय मनोज पराजुली रहेका छन्।
शुक्रबार दिउँसो ३:३० बजे भरतपुरको पुल्चोकमा गैँडाकोटतर्फबाट आउँदै गरेको ग १ क ४८८१ नम्बरको टिपरले पैदलयात्री पराजुलीलाई ठक्कर दिएको थियो।
दुर्घटनामा गम्भीर घाइते भएका पराजुलीको चितवन मेडिकल कलेज (सिएमसी) मा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक (एसपी) रामेश्वर पौडेलले जानकारी दिए।
ठक्कर दिने टिपर र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाएको छ।
साउन ९, २०८३ शनिबार १७:४६:५० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।