'अनैतिक' क्रियाकलापमा संलग्न रहेका ४७ विदेशी महिला डिपोर्ट

'अनैतिक' क्रियाकलापमा संलग्न रहेका ४७ विदेशी महिला डिपोर्ट

काठमाडौं : नेपालमा बसेर विभिन्न 'अनैतिक' क्रियाकलापमा संलग्न रहेको आरोपमा ४७ विदेशी महिलालाई डिपोर्ट गरेको प्रहरीले जनाएको छ।

शुक्रबार आर्थिक वर्ष २०८२/०८३ मा भएका घटना विवरण सार्वजनिक गर्दै जिल्ला प्रहरी परिसर काठमाडौंले थप १० जना विरुद्ध अनुसन्धान भइरहेको जनाएको छ। 

पत्रकार सम्मेलनमा परिसरका सूचना अधिकारी तथा एसपी पवनकुमार भट्टराईले ठमेल, दरबारमार्ग लगायत पर्यटकीय क्षेत्रमा बसेर अनैतिक क्रियाकलाप गरेको आरोपमा ५७ जना पक्राउ परेकोमा ४७ जनालाई अध्यागमन विभागमार्फत देश निकाला गरेको जनाकारी दिए।

सस्तो जीवनयापन हुने भएकाले नेपालमा आएर यस्ता गतिविधिमा संलग्न हुनेमा युगान्डा, भियतनाम, थाइल्याण्ड, बंगलादेश, केन्या, इन्डोनेसियाका नागरिक रहेको प्रहरीले जनाएको छ। 

“काठमाडौंलाई पर्यटकहरूले टुरिस्टिक हबको रूपमा लिएर ठमेल, दरबारमार्ग लगायतको क्षेत्रमा एउटा इस्यु देखियो। त्यहाँ विदेशी महिलाहरू अनैतिक क्रियाकलाप गर्न पाइन्छ भन्ने प्रकारको सोच बनाएर तथा नेपालमा सस्तो जीवनयापन अपर्चुनिटी र नाइट लाइफ छ भनेर पनि आएको देखियो," भट्टराईले भने। 
 

साउन ८, २०८३ शुक्रबार १९:५७:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।