धनुषामा गोली चलाएर समातिए दुई भारतीय लागुऔषध कारोबारी

धनुषामा गोली चलाएर समातिए दुई भारतीय लागुऔषध कारोबारी

जनकपुर : धनुषाको मिथिला नगरपालिकामा प्रहरीले हवाई फायर गरेर खैरो हेरोइनसहित दुई जना भारतीय लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ।

शुक्रबार लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय, बर्दिबासबाट खटिएको टोलीले भारतको मधुवनीका २८ वर्षीय सन्तोष कुमार महतो र सोही स्थानका ४५ वर्षीय मिथिलेश साहुलाई पक्राउ गरेको हो। 

धनुषा प्रहरीका अनुसार उनीहरूलाई नियन्त्रणमा लिन एक राउण्ड हवाई फायर गरेको थियो। पक्राउ परेका दुवै जनाको साथबाट ९५ ग्राम ५९० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको छ। 

साथै उनीहरूबाट २ थान मोबाइल, भारतीय आधार कार्ड र भारतीय सवारी चालक अनुमति पत्र पनि बरामद भएको छ। पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय ढल्केवार, धनुषामा राखिएको छ।

साउन ८, २०८३ शुक्रबार १८:४३:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।