मनसुनी प्रभाव कायमै, आज पनि विभिन्न स्थानमा भारी वर्षाको सम्भावना

मनसुनी प्रभाव कायमै, आज पनि विभिन्न स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं : देशभर मनसुनी वायुको प्रभाव कायमै रहेकाले आज पनि विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा छ।

अहिले देशका पहाडी तथा हिमाली भू-भागमा सामान्य बदली र तराईमा आंशिक बदली छ। कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ।

आज दिउँसो पनि पहाडी भू-भागमा सामान्य र तराईमा आंशिक बदली रहनेछ।

महाशाखाका अनुसार पहाडी भेगका केही स्थान तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुनेछ। कोशी, मधेस र सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थानमा पनि मध्यम वर्षाको आकलन गरिएको छ।

यस्तै, लुम्बिनीका पहाडी भू-भाग तथा बागमती, गण्डकी र कर्णाली प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

आज राति पनि देशभर सामान्यतया बदली रहनेछ। पहाडी भू-भागका केही स्थान तथा कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुनेछ।

मधेस प्रदेशका तराईका एक-दुई स्थानमा पनि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले बुलेटिनमार्फत जानकारी दिएको छ।

साउन ८, २०८३ शुक्रबार ०७:१६:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।