व्यवसायी अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
काठमाडौं : उच्च अदालत पाटनले व्यवसायी शङ्करलाल अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको छ।
न्यायाधीशद्वय अर्जुनप्रसाद कोइराला र कविप्रसाद न्यौपानेको संयुक्त इजलासले आज व्यवसायी अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको हो।
बुधबार अग्रवाललाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) डिल्लीबजारबाट पक्राउ गरेको थियो।
व्यवसायीहरू दीपक भट्ट र शङ्करका छोरा शुलभ अग्रवालसमेत प्रतिवादी रहेको बैंकिङ कसुर मुद्दामा अग्रवाललाई पनि प्रतिवादी बनाइएको थियो।
साउन ७, २०८३ बिहीबार २१:५६:३३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।