दीपक भट्ट जोडिएको कसुरमा मृगेन्द्रनाथ रिमाल पनि पक्राउ
काठमाडौं : व्यवसायी दीपक भट्ट जोडिएको मुद्दामा नेपाल माइक्रो इन्स्योरेन्स लिमिटेडका पूर्व प्रमुख कार्यकारी अधिकृत मृगेन्द्रनाथ रिमाल पनि पक्राउ परेका छन्।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले बिहीबार रिमाललाई काठमाडौं महानगरपालिका–७, सिफलबाट पक्राउ गरेको हो।
व्यवसायी दीपक भट्ट जोडिएको बीमा ऐन, २०७९ र धितोपत्र ऐन, २०६३ अन्तर्गतको कसुरमा अनुसन्धानका क्रममा फरार रहँदै आएका रिमाललाई पक्राउ गरिएको ब्युरोले जनाएको छ।
रिमाललाई पक्राउ गरी काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको सीआईबीका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक अनुपम शमशेर जबराले जानकारी दिए।
साउन ७, २०८३ बिहीबार १४:४९:०५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।