वैदेशिक रोजगारीका नाममा १६ लाखभन्दा बढी ठगी गरी फरार भएका दुई जना पक्राउ
काठमाडौं : वैदेशिक रोजगारीका लागि कम्बोडिया र न्यूजिल्याण्ड पठाइदिने प्रलोभन देखाई १६ लाख ७० हजार रुपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बुधबार काठमाडौं र ललितपुरबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेहरूमा काठमाडौं तारकेश्वर नगरपालिका- ५ बस्ने धादिङ त्रिपुरा सुन्दरी गाउँपालिका- ७ घर भएका ३७ वर्षीय हरि बहादुर पन्त र ललितपुर गोदावरी नगरपालिका- ३ बस्ने सिन्धुली सुनकोशी गाउँपालिका- २ घर भएका ४७ वर्षीय अमृत मगर रहेका छन्।
पक्राउ मध्ये हरि बहादुरले कम्बोडिया पठाइदिने भनेर २ जना पीडितहरूबाट ५ लाख रुपैयाँ र अमृतले न्यूजिल्याण्ड पठाइदिने भनेर १ जना पीडितबाट १० लाख ७० हजार रुपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले हरि बहादुरलाई बुढानीलकण्ठ नगरपालिका-७ बाट र अमृतलाई ललितपुर महानगरपालिका-५ बाट पक्राउ गरेको हो।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ।
साउन ७, २०८३ बिहीबार १४:४४:२९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।