देशभर एकैदिन ४७ विपद्का घटना : पहिरोमा दुई जनाको मृत्यु, ५ घाइते
काठमाडौं : देशका विभिन्न भागमा बुधबार भएका ४७ वटा विपद्जन्य घटनामा परी दुई जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पहिरोमा परी दुई जनाको मृत्यु भएको हो।
२४ घण्टाको अवधिमा पहिरोका १६, सडक अवरोधका १४, सर्पदंशका ५, आगलागीका ५, बाढीको १, चौपाया क्षतिको १ र अन्य ४ घटना भएका थिए। यी घटनाबाट सात परिवार प्रत्यक्ष प्रभावित हुनुका साथै कुल १ करोड ९० लाख रुपैयाँ बराबरको भौतिक क्षति भएको छ।
प्राधिकरणको तथ्यांकअनुसार गत वैशाख १ गतेदेखि हालसम्म देशभर कुल २ हजार ३६१ वटा विपद्का घटना भइसकेका छन्।
यी घटनाहरूमा परी हालसम्म १७३ जनाको मृत्यु भइसकेको छ भने २ जना बेपत्ता र १ हजार २०८ जना घाइते भएका छन्। यस अवधिमा देशभरीका ४ हजार ८६९ परिवार विपद्का कारण प्रभावित भएका छन्।
साउन ७, २०८३ बिहीबार १२:३७:३० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।