बुधबार ०६ साउन, २०८३
व्यवसायी शंकर अग्रवाल पक्राउ
काठमाडौं : शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल पक्राउ परेका छन्।
अग्रवाललाई बुधबार डिल्लीबजारबाट पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का एसएसपी अनुपम शमशेर जबराले उकेरालाई बताए।
दीपक भट्टसमेत प्रतिवादी रहेको बैंकिङ कसुर मुद्दामा उनलाई प्रतिवादी बनाइएको थियो। उनी बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार सूचीमा रहेका थिए।
अग्रवाललाई पक्राउ गरेलगत्तै सीआईबीले उच्च अदालत पाटनमा उपस्थित गराएको छ।
साउन ६, २०८३ बुधबार १७:५१:४७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।