दाङमा एक वर्षमा सडक दुर्घटनाबाट ७२ जनाको मृत्यु, तीव्र गति मुख्य कारण
दाङ : दाङमा गत आर्थिक वर्ष २०८२/८३ मा सडक दुर्घटनाबाट ७२ जनाको मृत्यु भएको छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका अनुसार एक वर्षको अवधिमा भएका कुल ३४७ वटा सवारी दुर्घटनामा परी उनीहरूको मृत्यु भएको हो।
मृतकहरूमा ५० जना पुरुष, १९ जना महिला र तीन जना बालबालिका रहेका छन्। ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी निरीक्षक केशव खड्काका अनुसार दुर्घटनामा परी १६३ पुरुष, ४७ महिला, १६ बालक र छ बालिका गरी कुल २४२ जना गम्भीर घाइते भएका छन्।
तथ्याङ्क अनुसार दाङमा भएका दुर्घटनाहरूमध्ये सबैभन्दा बढी २८१ वटा मोटरसाइकल परेका छन्। । सडक दुर्घटना हुनुका मुख्यकारण तीव्रगति र मादकपदार्थ सेवन, चालकको लापरबाही, सडककोे अवस्था, यान्त्रिक गडबडी रहेको प्रहरीको भनाइ छ।
प्रहरीले यस्ता दुर्घटना दोहोरिन नदिन र दुर्घटना न्यूनीकरण गर्न नागरिक सचेतना तथा सडक सुरक्षा कार्यक्रम गर्दै आएको छ।
यसैबीच, पछिल्लो समय ट्राफिक प्रहरीले जतथाभावी सडक वारपार गर्ने पैदल यात्रुलाई सचेतना तथा चालकका लागि निःशुल्क स्वास्थ्य परीक्षण अभियान पनि सञ्चालन गरिरहेको छ ।
साउन ६, २०८३ बुधबार १६:५४:२१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।