निजामती अस्पतालको कार्यकारी निर्देशकमा प्रा. डा. परियार नियुक्त

निजामती अस्पतालको कार्यकारी निर्देशकमा प्रा. डा. परियार नियुक्त

काठमाडौं : निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशकमा प्रा. डा. जितेन्द्र परियार नियुक्त भएका छन्।

भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार आवेदकमध्येबाट अस्पताल विकास समितिको साउन ४ गतेको निर्णयले उनलाई कार्यकारी निर्देशकमा नियुक्त गरेको हो। 

सिफारिस समितिले मूल्याङ्कन र योग्यताक्रमको पहिलो नम्बरमा रहेका डा. परियारलाई कार्यकारी निर्देशक पदमा नियुक्त गरिएको मन्त्रालयले जनाएको छ।

डा. परियार सोही अस्पतालका स्थायी चिकित्सक हुन्। तत्कालीन कार्यकारी निर्देशक डा. मोहनचन्द्र रेग्मीले करिब डेढ महिनाअघि पदबाट राजीनामा दिएपछि उक्त स्थान रिक्त थियो। मन्त्रालयले असार ५ गते सूचना प्रकाशित गर्दै रिक्त पदका लागि आवेदन माग गरेको थियो। 

साउन ४, २०८३ सोमबार २२:१७:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।