चिकित्सा शिक्षा आयोगद्वारा नयाँ शैक्षिक सत्रका लागि सिट निर्धारण
काठमाडौं : चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र २०८३/८४ का लागि स्नातक तह, डीएम/एमसीएच र एनबीएमएस (सब-स्पेसियालिटी) तर्फको सिट निर्धारण गरेको छ।
सिंहदरबारमा शुक्रबार प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा बसेको आयोगको बैठकले सरकारी मेडिकल कलेजहरूमा सिट संख्या बढाउँदै सिट निर्धारण गरेको हो।
जारी सूचनाअनुसार राष्ट्रिय चिकित्सा शिक्षा ऐन २०७५, राष्ट्रिय चिकित्सा शिक्षा नियमावली २०७७ तथा आयोगद्वारा स्वीकृत मापदण्ड र एकीकृत कार्यविधि २०८३ बमोजिम शुक्रबार बसेको आयोगको निर्णयअनुसार विभिन्न विश्वविद्यालय, प्रतिष्ठान र शिक्षण संस्थाहरूका लागि सिट तोकिएको छ।
उपसचिव नारायणप्रसाद पोख्रेलले सिट संख्यासम्बन्धी विवरण सार्वजनिक गरिएको जानकारी दिए। आयोगका अनुसार विगतको तुलनामा यस वर्ष सरकारी शिक्षण संस्थाहरूमा आवश्यकताअनुसार केही सिट थप गरिएको छ।
असोज ३०, २०८३ शुक्रबार १९:२५:२२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।